श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर उठाइएका प्रश्नहरूको जवाफ नदिएसम्म आफ्नो पार्टीले विरोध जारी राख्ने बताएका छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार संसदप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिए। गृह मन्त्रालयसँग सम्बन्धित सुकुम्बासी बस्ती हटाउने लगायतका विषयमा उठेका प्रश्नहरूको स्पष्टिकरण प्रधानमन्त्रीबाटै आउनुपर्ने उनको भनाइ छ।
साम्पाङले आलोचनाका आधारमा निलम्बन वा कारबाही भए पनि आफूहरू पछि नहट्ने स्पष्ट पारे। उनले आवश्यकता परे पाँच वर्षसम्म पनि विरोध निरन्तर रहने चेतावनी दिए।
उनका अनुसार संसदलाई उत्तरदायी बनाउने अभियान निरन्तर चलिरहनेछ।






