१७ असार, बारा: नेपाल प्रेस युनियन बाराले आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा अगाडि धर्ना दिएको छ ।
युनियनका जिल्ला अध्यक्ष श्यामबाबु यादवको नेतृत्वमा रहेका पत्रकारहरुको टोलीले धर्ना दिएको हो ।
नेपाल पत्रकार महासंघले विधान विपरीत सदस्यता वितरण गरेर जबर्जस्ती निर्वाचन गर्न खोजेपछि युनियनले त्यसको विरोधमा आज धर्ना दिएको हो ।
युनियनले बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्म महासंघको कार्यालय अगाडि धर्ना दिएको हो ।
महासंघको केन्द्रिय नेतृत्वले गैरपत्रकारलाई महासंघको सदस्यताबाट नहटाए सम्म आन्दोलन जारी राख्ने र निर्वाचन हुन नदिने युनियनका जिल्ला अध्यक्ष यादवले चेतावनी दिनु भयो ।
युनियनले यसअघि महासंघको देशैभरिको कार्यालयमा तालाबन्दी गरेर महासंघ विरुद्ध आन्दोलन हर्दै आएको ।