सरोज यादवलाई काम गर्ने वातावरण देऊ — जनकपुरमा एमाले सडकमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२ मंसिर, जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई निर्विघ्न रूपमा काम गर्न दिन माग गर्दै नेकपा एमाले आज जनकपुरमा सडकमा उत्रिएको छ।

जनकचोकमा भेला भएका एमालेका नेता तथा कार्यकर्ताले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतका नारासहित धर्ना कार्यक्रम सञ्चालन गरेका छन्।

संविधानको धारा १६८(३) अनुसार कात्तिक २४ गते शपथ लिएका मुख्यमन्त्री यादवले सात दलीय गठबन्धनको विरोधका कारण काम गर्न नसकेको एमालेले आरोप लगाएको छ।

उता, सातदलीय गठबन्धनले भने यादवको नियुक्ति अवैधानिक भएको दाबी गर्दै मधेश भवन अगाडि निरन्तर धर्ना दिँदै आएको छ। आज पनि गठबन्धनका प्रदेश सांसदहरू त्यहाँै धर्नामा बसेका छन्।

Leave a comment