रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

रसुवा, भदौ ११ — रसुवाको टिमुरे क्षेत्रमा बाढी तथा विपद्को जोखिममा परेका १०५ जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत टिमुरेबाट १०५ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटकसमेत रहेका छन्।
यसैगरी, मैलुङ हाइड्रोपावरको ‘३ ए’ टनेलभित्र रहेका सात जना नेपाली नागरिकको पनि उद्धार गरिएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उनीहरूलाई टनेलबाट सुरक्षित रूपमा बाहिर निकालिएको हो।
विपद् प्रभावित क्षेत्रमा फसेका अन्य व्यक्तिको अवस्थाबारे समेत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ। उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ।

Leave a Comment