बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न प्रधानमन्त्री विदुरमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षति तथा जारी खोज, उद्धार र राहत कार्यको अवस्था बुझ्न बिहीबार नुवाकोटको विदुर पुगेका छन्।

सडकमार्ग हुँदै विदुर पुगेका प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। बैठकमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षति, बेपत्ताको खोजी, उद्धार र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने विषयमा जानकारी लिइएको छ।
ब्रिफिङमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी छन्।
त्यस्तै, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायत सुरक्षा तथा प्रशासनका अधिकारीहरूले बाढीबाट भएको क्षति र भइरहेको खोज तथा उद्धार कार्यबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन्।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउँदै पीडितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा आवश्यक समन्वय र व्यवस्थापनबारे समेत छलफल गर्ने बताइएको छ।

Leave a Comment