हिमताल फुटेपछि केरुङ–रसुवागढी क्षेत्रमा भीषण बाढी आएको चिनियाँ दूतावासको भनाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

नेपाल–चीन सीमावर्ती केरुङ–रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढी हिमताल फुटेपछि आएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।

दूतावासले बिहीबार जारी गरेको सूचनामा हिमताल फुटेर ठूलो मात्रामा पहिरो खसेपछि त्यससँगै भीषण बाढी आएको उल्लेख गरेको छ।
बाढीका कारण सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति भएको दूतावासले जनाएको छ। घटनामा चीनतर्फ समेत केही मानिस बेपत्ता भएको जानकारी दूतावासले दिएको छ।
बाढीपछि नेपाल र चीनतर्फका सीमावर्ती क्षेत्रमा उद्धार तथा खोजी कार्य प्रभावित भएको छ। बेपत्ताको खोजी र प्रभावितहरूको उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।

Leave a Comment