बाराको प्रहरीको सेवा, सानालाई ऎन, ठुलालाई चैन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 88
पढ्न लाग्ने समय : 3 मिनेट

३० असार,बारा: अपाङ्गता भएका व्यक्तिहरु आज जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन।

भारतको आदापुरबाट विस्कुट, चाउचाउ, चकलेट, कुरकुरे लगायतका सामानहरु शनिबार खरीद गरि ल्याउने क्रममा मटिअर्वा नजिकै रहेको गण्डक नहरबाट बारा प्रहरीले नियन्त्रणमा लिएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन।

हामी अपाङ्ग छौ, अपाङ्ग भएकै कारण कुनै काम गर्न सजिलो भएन । एकातिर कामको अभावमा जिवनयापन गर्न गाह्रो छ भने अर्को तर्फ ऋण लिएर भारतबाट कुरकुरे, विस्कुट जस्ता सामानहरु ल्याएर कलैया बजारमा विक्री गरि दुई चार पैसा कमाई जिवन यापन गर्दै आएको देवताल गाउँपालिका २ दक्षिण झिटकैयाका अपाङ्ग आसमहम्मदले बताए ।

अरुसँग सापटी पाँच हजार रुपैयाँ लिएर शनिबार आदापुरबाट केही सरसमान किनेर ल्याउने क्रममा मटिअर्वा स्थित गण्डक नहर निर जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी निरिक्षक विमला कठायतको नेतृत्वमा गएको टोलीले हाम्रो सामान खोस्यो, उहाँले भन्नुभयो,‘प्रहरी निरिक्षक कठायतलाई जति हार गुहार गरेपनि उनले समान दिएनन ।

दिनहुँ जसो तस्करहरुले साइकल, मोटरसाइकलमा तस्करी हुने गरेको छ कलैया उपमहानगरपालिका ३ का फरक शारीरिक क्षमता भएका शिवलाल महतो धानुकले भने,‘ती तस्करहरुले प्रहरीलाई महिनावारी दिने गरेको कारण उनीहरुको मालसमान छुदा पनि छुदैनन् । उनीहरु निर्वाध रुपमा तस्करी गरिरहेका छन् । तर हामी जस्ता अपाङ्गहरुलाई प्रहरीले दिनहुँ दुःख दिने गरेको समान खोस्ने गरेको र पैसा समेत माग्ने गरेको आरोप लगाए ।’

मटिअर्वा नाकाबाट हरेक बिहान ४ देखि ७ बजे सम्म १०/१२ वटा मोटरसाइकलमा प्रहरीको संरक्षणमा तस्करी हुने गरेको स्थानीयले बताए ।

तस्करहरुले कपडा, सुर्ती, मोटर पार्टस, चिनी लगायतका समान प्रहरीलाई आर्थिक नजराना दिएर भारतबाट ल्याउने गरेको स्थानीय ती व्यक्तिले दाबी गरे।
प्रहरीको रवैया सानालाई ऎन, ठुलालाई चैन भएको छ।

प्रहरीले पैसा दिनेलाई तस्करी गर्न दिने र नदिनेको मालसामान समात्ने गरेको ती स्थानीयले दाबी गरे।

शनिबार आफूले चार हजार बराबरको कुरकुरे, विस्कुट, चकलेट लगायतका सामानहरु लिएर आउने क्रममा प्रहरीले सामान खोसेको र जति हार गुहार गर्दा पनि नदिएको कारण आफूहरु आन्दोलित हुनु परेको प्रदर्शनकारीहरुले बताए ।

दर्जन भन्दा बढीको संख्यामा आएका फरक शारीरिक क्षमता भएका व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय अगाडी १० बजे देखि प्रदर्शन गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले शनिबार मालसमानहरु बरामद गरिएको र नियन्त्रणमा लिइएको मालसमानहरु भन्सार चलान गर्ने प्रक्रिया अगाडी बढाइएको बताए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.