सागर विश्वकर्मा
२५ भदौ, कलैया : बाराको कलैयाउ उपमहानगरपालिका वडा नं ४ स्थित बैक रोड स्थानीयले आजदेखि बन्द गरेका छन ।
उनीहरुले सडकमा धर्नामा बसेर सडक अवरुद्ध गर्दै बाटो बन्द गराएका हुन ।
बिहान आठ बजेदेखी दस बजे सम्म सडक अवरुद्ध गरेका हुन ।
करिब २ बर्षअघि बाटो बनाउने ठेक्का भईसक्दा पनि सम्बन्धित निकायले बाटो बनाउन कुनै चासो नदेखाएपछी आफुहरुले बाध्य भएर आजदेखी बाटो बन्द गर्नुपरेको वडा नं ४ का पुर्व अध्यक्ष जटाशंकर सहनी मिश्रीले बताए ।
बारा उधोग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष प्रदिप गुप्ता गोल्डेनले बाटो नबन्दा यस एरियाका ब्यवसायीहरु निक्कै मर्कामा परेको बताए ।
उनले ब्यापारको अवस्था दिनदिनै नाजुक बन्दैगएको बेलामा ब्यापारिहरु चिन्तामा रहेको समयमा अधुरो छोडिएको बैंक रोड एरियाको बाटोमा सवारी साधनहरु चल्दा धुलो र धुँवाले ब्यापारीहरुलाई थप सास्ती झेल्नुपरेकोले आफुहरुले बाटो नै बन्दगरी स्थानिय निकायको ध्यानाकर्षण गराउनुपरेको जनाए ।
ठुलो सवारीको चक्काबाट उछ्टििएको ढुङ्गा लागेर सिद्धार्थ स्विट्सको सिसाको गेटनै फुटेको र यसरी गिटी ढुङ्गाहरु उछिटिएर पसलमा बस्ने ब्यापारी र बाटोमा हिड्ने बटुवाहरुलाई समेत चोटपटक लाग्ने सम्भावना अत्याधिक रहेको अर्का बन्दकर्ता तथा स्थानिय ब्यापारी हरिओम दासले बताए ।
पनि बाटो बनाउने कार्य शुरु भएनभने शुक्रबारबाट अनिश्चित कालकालागि बैंक रोड बन्द गरिनेछ ।