जनताको सहभागितामा बिना बजेट रौतहटमा तीन सय किलोमिटर सडक निर्माण

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 94
पढ्न लाग्ने समय : 2 मिनेट

१ साउन, रौतहट : रौतहटको धनसर–जंगलसैया-कटहरिया सडक कालोपत्रे भएको छ ।

रौतहट ३ का सांसद प्रभु साहको पहलमा सो सडक मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोलिएको थियो ।

धनसर–जंगलसैया सडक १४ किलोमिटरको रहेको छ । यसमा १२ किलोमिटर जंगल रहेको छ । १२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको थियो । वन कार्यालयको अनुमति विना नै १२ किलोमिटर सडक सर्वसधारणको सहयोगमा ट्याक खोल्ने काम भएको थियो ।

ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्ष पछि संसदीय रणनीतिक सडक योजना अन्तरगत दुई करोड लागतमा कालोपत्रे गरिएको छ । धनसर–जंगलसैया सडक हुदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै बिभिन्न ठाउँमा आउँजाउँ गर्न सजिलो हुने भएको छ ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक कालोपत्र गरिएको हो । रौतहटमा विकास निर्माणको कार्यलाई लिएर प्रभु साहको देशैभरी मोडेलको रुपमा चित्रण गर्ने गरिएको छ ।

नेता प्रभु साहद्वारा संचालित सड़क बढ़ाओ–सड़क बचाओ अभियान अन्तर्गत आज भन्दा पाँच वर्ष अगाड़ी बिना बजेट आम जनताको सहयोगमा निर्माण भएको धन्सर–जंगलसैया सड़कको आज कालोपत्रे सम्पन्न भएकोछ । पत्याउनै गार्हो हुने विधि र प्रक्रियामार्फत छोटो समयमा निर्माण भएको सड़क यति छोटो समयमा ट्रयाक देखि कालोपत्रेसम्म पुर्याउनु आफैमा आश्चर्यको कुरा हो । यहाँ कतिपय सडकमा राज्यको अर्बौ खर्च भईसक्दा समेत बन्न नसकेको अवस्थामा रौतहटबासीका लागि खुशीको बिषय भएको छ’ साहले भने ।

Leave a comment