सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा, मानव स्रोत विभागमा दाहाल

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 172
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

१६ भदौ, बारा: सशस्त्र प्रहरी अतिरिक्त  महानिरीक्षकहरुको सरुवा  भएको छ ।

भदौ १३ गतेको मन्त्री परिषदको निर्णय अनुसार सशस्त्र प्रहरी महानिरीक्षकहरुको सरुवा भएको हो ।

गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाललाई कार्य विभागबाट मानवस्रोत विभागमा लगिएको छ ।

मानवस्रोत विभागका चन्द्र प्रकाश गौतमलाई सिमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

नारायणदत पौडेललाई भने सिमा सुरक्षा विभागबाट कार्य विभागमा लगिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।