संविधान दिवस बारामा पनि मनाईयो

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 62
पढ्न लाग्ने समय : 0 मिनेट

३ असोज,कलैया: संविधान दिवस आज विभिन्न कार्यक्रमगरि बारामा पनि धुमधामका साथ मनाइएको छ ।

संविधान दिवसको अवसरमा कलैया, कोल्हबी, निजगढ, सिमरा लगायतका ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

कलैयामा प्रभातफेरी र्‍याली निकालिनुका साथै बृक्षारोपण गरिएको छ ।

कलैया स्थित सिद्देश्वर प्राँगणमा बृक्षारोपण गरिएको हो ।

र्‍याली र बृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विद्यार्थी, शिक्षक, दलका प्रतिनिधि , संचारकर्मी लगायत सहभागी थिए ।