गढीमाई मेला मुल समिती गठन, मेला भव्य र सभ्य रुपमा संचालन गरिने

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 248
पढ्न लाग्ने समय : 1 मिनेट

१४ असोज, बारा: बाराको बरियारपुरमा लाग्ने पञ्च बर्षीय मेला भव्य, सभ्य र व्यवस्थित रुपमा संचालन गर्न समिति गठन गरिएको छ ।

श्री गढीमाई पञ्च बर्षीय मेला संचालन तथा व्यवस्थापन मुल समिती गठन गरि आज सार्वजनिक गरिएको छ ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिति गठन गरि सार्वजनिक गरिएको हो ।

गढीमाई मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच समिति सार्वजनिक गरिएको हो ।

समितिको उपाध्यक्षमा मनोज कुमार गुप्ता,रामचन्द्र साह, रामबाबु यादव र कैलाश मह्तो कोईरी रहेका छन ।

त्यसैगरी महासचिवमा वीरेन्द्र प्रसाद यादव, नरेश जयसवाल र उपेन्द्र प्रसाद गुप्ता रहेका छन ।

समितिको सचिवमा उमरावती देवी र नितु गुप्ता रहेका छन ।

समितिको कोषाध्यक्षमा वीरेन्द्र प्रसाद चौरसिया रहेका छन ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण कुमार यादवले समितीको सार्वजनिक गरे ।

Leave a comment