सिमरा, मंसिर ३, २०८२ – जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज बिहान १२:३० बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू लागू गरेको छ।
सिमरा विमानस्थल आसपास केही युवाहरूको प्रदर्शन र नेकपा एमालेसँग आवद्ध समूहबीचको झडपपछि सुरक्षा स्थिति तनावपूर्ण बनेको भन्दै प्रशासनले यस्तो कदम चालिएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, कर्फ्यू अवधिभर सिमरा विमानस्थल र वरिपरिका क्षेत्रमा कुनै पनि प्रकारका भिडभाड, जमघट, जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना पूर्ण रूपमा निषेध गरिएको छ।
जारी आदेश अनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको ५०० मिटर वरिपरिका क्षेत्रहरूमा कर्फ्यू लागू हुनेछ। प्रशासनले सर्वसाधारणलाई शान्ति कायम राख्न र आवश्यक परेमा सुरक्षा निकायको सहयोग लिन अनुरोध गरेको छ।



Leave a Reply