१६ असोज, कलैया : मिदास हेल्थ पोली क्लिनिकद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
मिदास हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर बडहर्वाको आयोजनामा कलैया उपमहानगरपालिका वडा नम्बर-२ दोहरी स्थित अमर माध्यमिक विद्यालयमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा चिनीरोग, बल्डप्रेसर, थायराइड, हात खुट्टा दुःखेको, ज्वरो, पेट दुखाई, छाती, नाक, कान घाटी लगायतका रोगहरुको निशुल्क चेक जाँच गरिएको मिदास हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका संचालक डा. प्रतीक कुमार दासले बताए ।
जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाका स्थानीयहरुको माँग बमोजिम निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको डाक्टर दासले बताए ।
स्वास्थ्य शिविरबाट तीन सय भन्दा बढी विरामीहरुले चेक जाँच गराएको र चेकजाँच पछि उनीहरुलाई निशुल्क औषधी समेत दिइएको उनले बताए ।
स्वास्थ्य शिविरमा डा. प्रतिक कुमार दास, डा. सरोज कुशवाहा, डा. सुरेश यादव र डा विकास लामाले विरामीहरुको चेकजाँच गरेका थिए ।
त्यसै गरि राधामोहन यादव, राजु चौधरी, प्रशान्त पासवान र सुनिल रामले हेल्परको रुपमा सहयोग गरेका थिए ।
बारा जिल्लाको अरु ठाउँहरुमा समेत यस्तै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने आफनो लक्ष्य रहेको डाक्टर दासले बताए ।