बारामा प्रहरी दिवस मनाईयो, प्रभावमा नपरी कामगर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 190
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

३० असोज, बारा: बारामा ६९ औं प्रहरी दिवस आज एक कार्यक्रमगरि मनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा एक कार्यक्रमको आयोजनागरि प्रहरी दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कुनै प्रभावमा नपरी कामगर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

उनले स्वतन्त्र पुर्वक कामगर्ने वातावरण बनाईदिन सरकारलाई आग्रह गरे ।

उनले प्रहरीले नागरिकको सेवामा अहोरात्र खटिरहेको भन्दै प्रहरीको प्रशंसा गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक महेन्द्र खडकाले नागरिकको बिश्वास जित्नेगरी कामगर्न प्रहरी प्रतिबद्ध रहेको बताए ।

उनले नागरिकको सुखदुःखको साथी बनेर काम गर्न प्रहरी कर्मचारीहरुलाई आग्रह गरे ।

प्रहरी उपरीक्षक खडकाको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट प्रहरीको रुपमा वरिष्ठ प्रहरी हवलदार विनोद साहलाई नगद सहित सम्मान गरियो ।

प्रहरी दिवसको अवसरमा तीनजना पत्रकारहरुलाई सम्मान गरियो ।
प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवारलाई पनि सम्मान गरियो ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, पुर्व प्रहरी संगठनका संयोजक जङ्ग बहादुर यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले गरेका थिए ।