४ कार्तिक, कलैया : चाडपर्व शुरु हुँदापनी कलैया अस्पतालका स्वास्थ्यकर्मीले तलब पाएका छैनन ।
मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन ।
मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल कुशवाहा र लेखापाल रामबालक यादवको जुहारीले दशैं, दिपावली, छठ पर्व शुरु हुँदापनी दैनिक ज्यालादारीमा रहेका स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन ।
चाडपर्वमा पनि स्वास्थ्यकर्मीले तलब किन नपाएको बारेमा प्रतिक्रियाकालागी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कुशवाहाको मोबाइल नम्बर मा सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन।
प्रादेशिक अस्पताल कलैयमा दैनिक ज्यालादारीमा ४०, निक साइम्नस संस्थाको तर्फबाट डाक्टर २, स्टाफ नर्स १, एनेस्थेसिया १, बायोमेडिकल १ गरि ५ जनाले र अस्पताल विकास समितिको तर्फबाट २५ जना स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन ।
अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाइले मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको बदमासीले स्वास्थ्यकर्मीले तलब नपाएको बताए ।
अस्पताल श्रोतका अनुसार स्वस्थकर्मीलाई तलव खुवाउन तयारी भए पनि कमिसनको लोभमा मेसु र लेखापालको मिलोमतोमा स्वास्थ्यकर्मीको तलब रोकी अन्य शिर्षकमा रकम निकासा गरिएको छ ।
Leave a Reply