क्लार्क रिसोर्टले कानुनको धज्जी उडाउँदै क्यासिनमा नेपालीले जुवा खेल्दै, प्रहरी प्रशासन मौन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 237
पढ्न लाग्ने समय : 1 मिनेट

२ साउन,वीरगन्ज: वीरगन्जको गण्डक चौकमा रहेको क्लार्क होटल एण्ड रिसोर्टमा संचालित क्यासिनोले नेपालीहरुलाई जुवा खेलाउने गरेको छ ।

क्लार्क रिसोर्ट एण्ड क्यासिनोले नेपाली नागरिकलाई समेत क्यासिनो प्रवेश गराएर जुवा खेलाउने गरेको होटलका एकजना कर्मचारीले बताए ।
क्लार्क होटलमा गोल्डेन फिङ्गर गेमिङ्ग जोन नाममा क्यासिनो संचालनमा छ ।

सरकारले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेशमा पुर्ण रुपमा रोक लगाएको छ । तर क्लार्क रिसोर्टको क्यासिनोले कानुनलाई धज्जी उडाउँदै नेपाली नागरिकलाई प्रवेश गराएर क्यासिनो संचालन गर्दै आएको छ ।

क्यासिनो स्थानीय प्रहरी प्रशासनलाई मोटो रकम दिएर प्रभावमा पारी क्यासिनो खुलेयाम नेपाली नागरिकलाई प्रवेश गराएको रिसोर्टका ती कर्मचारीले जानकारी दिए ।

क्यासिनो संचालकले वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई क्यासिनोमा हस्तक्षेप नगरे बापत मासिक नजराना दिने गरेका छन ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले
निरीक्षणको क्रममा कुनै नेपाली फेला नपरेको दाबी गरे ।

क्यासिनोका म्यानेजर युवराज अधिकारीले कुनै नेपालीलाई क्यासिनो प्रवेश नगराएको दाबी गरे ।