बारामा नि:शूल्क आँखा शिविर सम्पन्न

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 19
पढ्न लाग्ने समय : 1 मिनेट

१ मंसिर, बारा : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर- ५ बेलहियामा आज नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
माट्रिका आई फाउण्डेशन विरगंजको सहयोगमा नेपाली काँग्रेस प्रसौनी गाउँपालिका ६ को आयोजनामा शिविर सम्पन्न भएको हो ।

शौरीशंकर साहको सभापतित्वमा तथा नेपाली काँग्रेस बाराका जिल्ला सभापति एवं कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतमा शिविर सम्पन्न भएको हो ।

सो शिविरमा २०५ जना भन्दा बढि मानिसहरूको आँखाको परीक्षण गरिएको थियो जसमा ६० जनामा मोतियाबिन्दु फेला परेको थियो।

मोतियाबिन्दुका बिरामीहरुको नि: शूल्क शल्यक्रिया, चश्मा तथा औषधि समेत प्रदान गरिने माट्रिका आई फाउण्डेशनका कोअर्डिनेटर राज किशोर गुप्ताले जानकारी गराए।

सो शिविरमा विशिष्ट अतिथिहरू नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुनिल कुमार गुप्ता, नेपाली काँग्रेस क्षेत्र नं. ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुरेश राज भट्ट,नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र प्रसाद पटेल, कांग्रेस जिल्ला सदस्यहरू नन्देश पटेल, सुरेश साह, राजकिशोर साह, सोनालाल मंडल, क्षेत्रीय सह सचिव नाजिर अंसारी,वडा सदस्य प्रमोद प्रसाद कुशवाहा, युवा नेताहरु संतोष कुमार साह, बोधनाथ जैसवाल , उपेन्द्र कुमार यादव, गिरधारी साह, जमुना रामबाबु साह लगायतको सहभागिता रहेको थियो।