२७ भदौ, कलैया ।
नेपाल पत्रकार महासंघ बाराले आज सदरमुकाम कलैयामा सडकमा उत्रेर सांकेतिक प्रदर्शन गरेको छ ।
महासंघको केन्द्रिय सर्कुलेशनअनुसार कार्यक्रम महासंघ बाराका कार्यवाहक अध्यक्ष पन्नालाल दासको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य सिकेन्द्र पासवान, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहता, प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, महासंघ मधेस प्रदेशका सदस्य साजिर मन्सुर, बृजमोहन कुशवाहा, महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेसहित जिल्लाका विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो ।
‘देश र संविधान जोगाऔं’ भन्ने नारा दिँदै गरिएको सो प्रदर्शनमा पत्रकारहरुले हालको असहज राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा एकजुट रहन सर्वपक्षीय अपिल गरेका छन् ।


