शिक्षकको स्वागत तथा विदाई

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 28
पढ्न लाग्ने समय : 1 मिनेट

८ पुस, बारा : बाराको कलैया उपमहानगरपालिका-९ स्थित एक विद्यालयमा शिक्षकको स्वागत तथा विदाई गरिएको छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रामपुरमा आज शिक्षकको स्वागत तथा विदाई कार्यक्रमको आयोजना गरिएको हो ।

शिक्षक विश्वराज उपाध्ययको अनिवार्य अवकाश, शिक्षक महन्त यादव र सुनिल जैयसवालको भव्य स्वागत तथा विदाई कार्यक्रमको विधालयले आयोजना गरेको हो ।

विगत ३५ वर्षदेखि शिक्षक उपाध्यय सो विद्यालयमा नियुक्ति लिएर सोही विद्यालयबाट अनिवार्य अवकाश हुन लागेको प्रधानाध्यापक तेजीलाल साहले बताए । उपाध्ययको व्यवहार, शिक्षण शैलीले विधार्थी, अभिभावक प्रभावित भएको साहले बताए ।

साथै बसतपुर माध्यमिक विद्यालयबाट सरुवा भएर आएका समाजिक विषयका शिक्षक महन्त यादव र मनहर्वा माध्यमिक विद्यालयबाट अंग्रेजी विषयका शिक्षक सुनिल जैयसवाललाई स्वागत गरिएको प्रधानाध्यापक साहले बताए ।

अनिवार्य अवकाश पछि बोल्दै विद्यालय समितिको माया,स्नेहले भावुक भएको बताए । ३५ वर्ष पहिले जिवनको यात्रा यही विद्यालयबाट शुरू गरे र जागिर जिवनको अन्त्य यही विधालयबाट गर्दा आफु भाग्यशाली रहेको उपाध्ययले बताए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.