बारामा लागू औषध सहित एकजना महिला पक्राउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 17
पढ्न लाग्ने समय : 1 मिनेट

१४ पुस, बारा : बारामा प्रहरीले गएराती लागूऔषध सहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका ७ की मुस्कान कुमारी दास रहेकी छिन् ।

गौरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५१५९ नम्बरको यात्रुबसलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं. १ पथलैयामा जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाका अनुसार लागूऔषध नोरफिन एक हजार दुई सय थान, डाइजोपाम एक हजार दुई सय थान, फेनारगल एक हजार दुई सय थान बरामद भएको हो ।

पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

  • An error has occurred, which probably means the feed is down. Try again later.