सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 15
पढ्न लाग्ने समय : 1 मिनेट

२१ पुस, सर्लाही : सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएको थियो ।

चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले जानकारी गराए ।

सोही क्रममा राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । सोही क्रममा उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए ।

यादवको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।

त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो ।

  • An error has occurred, which probably means the feed is down. Try again later.