१२ असार,बारा: क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आरोपमा बारामा प्रहरीले सातजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
कलैया स्थित रामराजा मोवि शाह बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख हरिभुषण कुश्वाहाको हत्या संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको हो ।
प्रहरीले आदर्शकोतवाल गाउपालिका-२ का चाँदसी कुश्वाहा, अवधलाल कुश्वाहा , चुल्हाई भन्ने श्रवण कुमार साह , राधेश पटेल रविनोद राउत कुर्मीलाई पक्राउ गरेको हो । त्यसैगरी कलैया उपमहानगरपालिका-१० का आम्रपाली भन्ने ब्रम्हदेव राम, करैयामाई गाउपालिका-७ का मोतीलाल चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट तीनवटा मोटरसाइकल, छव राउन्ड गोली, ल्यापटप, मोबाइल र सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
कुश्वाहाको जेठ ३२ गते हत्या भएको थियो ।