२१ माघ, बारा:बारामा प्रहरीले करिब ४० लाख मुल्य बराबरको समान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरी जिल्लाका विभिन्न ठाउँबाट ३९ लाख ८४ हजार बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाले गएराति बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-१ पथलैया चौकबाट प्र.०१–०२–००१ ख ८०८६ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा विल विजक भन्दा बढी मूल्य रहेको आशंकामा ३८ लाख १६ हजार ७६० मूल्य बराबरको ईलेक्ट्रोनिक्स सामान, कपडा, कफि लगायत अन्य खुद्रा समानहरू सहित नियन्त्रणमा लिएको हो
बाराको महागढीमाई नगरपालिका वडा नम्बर-२ ईनर्वा चोकबाट पनि एक लाख ६८ हजार मूल्य बराबरको आलु सहित मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
तेलकुवाबाट बरियारपुर तर्फ जादै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकमा लोड रहेको एक लाख अठसट्ठी हजार रूपैया बराबरको सात टन आलु सहित मिनि ट्रक नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
विशेष सूचनाको आधारमा गरिएको चेकजाँचमा दुवै ट्रकको बिल भरपाई भन्दा बढीको समानको स्रोत खुलाउन नसकेको ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी नायव उपरीक्षक सापकोटाको भनाई बताए ।