न्यायलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्ने बाराका प्रहरी उपरीक्षक तामाङ्गको प्रतिबद्धता

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 126
पढ्न लाग्ने समय : 1 मिनेट

२२ माघ,बारा: बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले न्यायलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाहगर्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित संचारकर्मीस्ंगको परिचयात्मक कार्यक्रममा निश्पक्ष भएर कामगर्ने प्रतिबद्धता जनाएका हुन ।
उनले तस्करी विरुद्ध निर्मम भएर प्रस्तुत हुने धारणा राखे । प्रहरी उपरीक्षक तामाङ्गले आफू बसुन्जेल सम्म सिमाक्षेत्रमा हुने चोरीपैठारीमा शुन्य सहनशीलता अपनाएर कामगर्ने बताए ।
उनले मर्यादा विपरीत कार्यगर्ने प्रहरीलाई कडा कार्बाही गर्ने चेतावनी दिए ।

विचौलियाहरुलाई प्रहरी कार्यालयमा निषेध गरिएको बताउँदै प्रहरी उपरीक्षक तामाङ्गले पीडितहरुलाई सिधै आएर प्रहरीसंग सम्पर्कगर्न आग्रह गरे ।