१ फागुन,बारा : प्रेस सेन्टर बाराले नेकपा माओवादी केन्द्रको जनयुद्ध दिवसको अवसरमा कलैयामा फलफूल वितरण गरेको छ ।
सेन्टरले आज माओवादीको ३० औं जनयुद्ध दिवसको अवसरमा प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
सेन्टरले अस्पतालमा रहेका ८५ जना बिरामीलाई दिवसको फलफूल वितरण गरे प्रेस सेन्टर नेपाल बाराका सचिव अखिलेश यादवले जानकारी दिए ।
फलफूल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटिका अध्यक्ष मुकेश साहले जनयुद्धको बलमा मुलुकमा परिबर्तन आएको भन्दै यसलाई संरक्षण गर्न आबश्यक रहेको बताए ।
फलफूल वितरण कार्यक्रमा प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाई, नेकपा माओवादी केन्द्रका कलैया नगर कमिटि उपाध्यक्ष रमेश साह,प्रेस सेन्टरका अध्यक्ष रन्जन यादव,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव , प्रेस सेन्टर नेपाल बाराकी उपाध्यक्ष प्रियंका सराफ, सहसचिव बिशाल सराफ लगाएतको उपस्थिति रहेको थियो ।