२५ लाख बराबरको खुद्रा समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 169
पढ्न लाग्ने समय : 1 मिनेट

बारा प्रहरीले २५ लाख बराबरको खुद्रा समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

२५ लाख बराबरको खुद्रा समान सहित ट्रक प्रहरीको नियन्त्रणमाप्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.३.ख.७३११ नं. को ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य २५ लाख ७२ हजार ५ सय १६ रूपैया बराबरको समान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यलाय पथलैयामा बुझाएको प्रवक्ता न्यौपानेले बताए ।

ट्याग्स : ,