१३ फागुन, बारा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मधेस प्रदेशले स्थापना गरेको क्रिएटिभ कृयाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारीता पुरस्कार चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार लक्ष्मी चौधरी र डम्बर राईलाई प्रदान गर्ने निर्णय फोनिजले गरेको हो ।
फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारहरु श्रेष्ठ, आले , राई र चौधरीलाई प्रदान गर्ने निर्णय गरेको बारे फोनिज मधेस प्रदेशका महासचिव बृवमान तमाङले जानकारी दिए ।
देवनारायण गनिया स्मृति पत्रकारीताबाट पुरस्कृत पत्रकार श्रेष्ठ चार दशक अगाडि पत्रकारिता सुरु गरेका थिए । श्रेष्ठ राससमा कार्यरत छन् । पत्रकार आले विगत ७ वर्षदेखि पत्रकारितामा संलग्न छन् । आले सामुदायिक रेडियो सर्लाहीमा कार्यरत छिन् ।
त्यसैगरी क्रिएटिभ कृयाशील पत्रकारीताबाट पुरस्कृत पत्रकार चौधरी एक दशक देखि पत्रकारीतामा निरन्तर कलम चलाउदै आएकिछिन् । चौधरी गोरखापत्र पत्रिकामा कार्यरत छिन् । भने राई दुई दशकदेखि पत्रकारिता सक्रिय रहि हाल पूर्वेली दृष्टि सप्ताहिक सम्पादक हुन् । त्यसैगरी पब्लिक प्रेस दैनिकको सह सम्पादक समेत रहेका छन् ।
१० हजार राशिको उक्त पुरस्कार फोनिज मधेस प्रदेशका साधारणसभाका दिन अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेल्वा निवासी कमल बाबु चौधरी संचालन गरेका क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कम्पनीका नाममा क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कारका संरक्षक रहेका छन । चौधरी पछिलो समय सामाजसेवीसँगै कुशल व्यवसायीको रुपमा समेत परिचित छन ।
त्यसैगरी देवनारायण गनिया स्मृती पत्रकारीका पुरस्कारको संरक्षक बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का किशोरी प्रसाद चौधरी तथा महेन्द्र प्रसाद चौधरी रहेका छन् । दुबैजना चौधरी दाजुभाई हुन् । जेठो किशोरी प्रसाद चौधरी सरकारी वकिलबाट अवकास प्राप्त व्यक्ति हुन् । भने कान्छो महेन्द्र प्रसाद चौधरी कृषि वरिष्ठ अधिकृतबाट अवकास प्राप्त राष्ट्र सेवक कर्मचारी हुन् । दुबै दाजुभाईले आफ्नो बाबु तथा आमाको नाममा करोडौ मूल्य पर्ने १५ कठ्ठा जग्गा दान गरी विद्यालय स्थापना गरेका छन् ।
फोनिज मधेस प्रदेशले फागुन १७ गते हुने साधारण सभामा पुरस्कार वितरण गर्ने फोनिज मधेस प्रदेशका महासचिव तामाङले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल रहनुभएको छ ।
Leave a Reply