बाराको सुवर्ण गाउँपालिकाको अध्यक्षको मोबाइल र सिम अख्तियारको नियन्त्रणमा

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 672
पढ्न लाग्ने समय : 3 मिनेट

१५ फागुन,बारा: सुवर्ण गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलिले छापामारी गरेको छ।

पालिकामा भ्रष्टाचार र बेथिति बढेको गुनासोपछि आयोगको टोलीले फागुन ५ गते कवहीगोठ स्थित पालिकाको कार्यालयमा छापामारी गरेको हो।

छापामारीको क्रममा अख्तियारको टोलीले गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवलाई करिब चार घण्टा नियन्त्रणमा लिई सोधपुछ गरेको पालिका स्रोतले दाबी गरेको छ ।

कलैया उपमहानगरपालिका-४ स्थित अध्यक्ष यादवले संचालन गरेको गढिमाई दूध डेरिको खातामा अप्रत्याशित रुपमा लाखौं रकम विभिन्न व्यक्तिबाट ट्रान्सफर भएको सुचनाको आधारमा त्यसको छानबिन गर्न छापामारी गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताएका छन।

यादवले प्रयोग गर्ने दुई वटा मोबाईल तथा त्यसमा प्रयोग हुने ४ वटा सिमकार्ड समेत नियन्त्रणमा लिइएको उनले बताए।

अख्तियारले गाउंपालिकाका ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

आयोगको टोलीले नगर प्रहरी हवल्दार रोज महम्मद, जवान बिरभुषण प्रसाद यादव तथा गाउंपालिका अध्यक्ष यादवको नातामा भन्जा पर्ने वन हेरालु पदमा कार्यरत सुरेश प्रसाद यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको स्रोतले दाबी गरेको छ ।
नियन्त्रणमा लिइएका तिनैजनाको खातामा पनि अप्रत्याशित रुपमा लाखौं रकम ट्रान्सफर भएर आएकोले त्यसबारे छानबिन गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको जनाईएको छ। अहिले उनिहरुलाई जनही ५०-५० हजार रुपैयां धरौटि राखी बोलाएको बखत उपस्थित हुने शर्तमा छोडिएको स्रोतको दाबी छ।

घटनालाई गुपचुप राख्न गाउँपालिका अध्यक्ष यादवले राजनीतिक पहँचको प्रयोग गरेको स्रोतको दाबी छ ।
गाउंपालिकाका सुचना अधिकृत मृगेन्द्र यादवले समेत अख्तियारको टोलि आएको र अध्यक्षज्युसंग सोधपुछ गरेको स्विकारेका छन। उनले अख्तियरको टोलीले कर्मचारी नियुक्ति र अन्य बिषयको बारेमा पालिका अध्यक्षसंग सोधपुछ गरेको बताए ।
अख्तियारको छापा बारे बुझ्न पालिका अध्यक्ष राजेश प्रसाद यादवको फोन नम्बर ९८५५०४८८८७ र ९८५५०४८८४२ मा सम्पर्क गर्दा स्विच अफ रहेको छ।

यसअघि सुवर्ण गाउंपालिकामा व्यापक भ्रष्टाचार भइरहेको खबर संचारमाध्यममा आएका छ्न। लक्षितवर्गको लागि छुट्टयाईएको करोडौको बजेट टुक्रा पारेर २० देखि ५० प्रतिशत अग्रीम कमिशन लिई बिक्री बितरण गर्ने गरिएको आरोप समेत लागेको छ।

योजना बिक्रीका साथै कर्मचारी भर्नामा व्यापक रकमी चलखेल भएको निवेदनको आधारमा अनुसंधान गरिरहेको अख्तियार प्रवक्ता घिमिरेले जानकारी दिए।

अध्यक्ष राजेश यादवको प्रत्यक्ष संलग्नतामा भइरहेको योजना बिक्रीबितरण तथा कर्मचारी भर्ना बापत उठाईएको कमिशनका रकम उनको डेरि र कर्मचारीहरुको खातामा जम्मा गर्न लगाइएको आशंका व्यक्त गरिएको छ।

यादवकै सेटिङ्गमा त्यहां कनिष्ट तथा स्वास्थ्य सेवाका कर्मचारी सुजित यादवलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा ल्याईएको र ‘मिलिजुली’ भ्रष्टाचार गर्ने गरिएको स्थानिवासिले आरोप लगाएका छ्न। अधिकृत सुजित यादव सोही गाउंपालिकाको वडा नम्बर-४ का वडाध्यक्षका छोरा हुन।

केहिदिन पहिला मात्रै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत यादवको ‘निमित्त’ भएर काम गर्ने अधिकार खोसेको थियो। तर केहिदिनमै ‘नजराना’ बुझाएर उनी त्यही पदमा कायम भएका थिए।

Leave a comment