कलैया सहित मधेस प्रदेशमा पानीको हाहाकार

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१६ श्रावण,बारा: कलैया उपमहानगर पालिका वार्ड नम्बर ३ का मौलादिन मन्सुरले गाउँमा पानीको अभावमा जारको पानी खानु परेको बताउँछन् ।
टोलभरी पानीको अभाव भए पनि स्थानीय सरकारको ध्यान नगएको बताए ।
नेपाल खानेपानीले वितरण गर्ने पानीले आपूर्ति गर्न नसकेको र चापकल टोल भरीको सुकेकोले पानी को अभाव भएको उनी बताए ।
बारा लगाएत मधेस प्रदेसका जिल्ला मा खाने पानीको अभाव सङगै पानीको अभावमा बिउ ब्याडमै सुक्न थालेको छ । अन्न भण्डारको रुपमा रहेको मधेसमा हिउँददेखि अहिलेसम्म पानी परेको छैन ।

असार बितिसक्दा समेत पानी नपरेपछि रोपाइँ हुन सकेको छैन । जिल्लामा सिँचाइ सुविधा नभएको ठाउँको खेत सुकेको छ । धानको ब्याड घामको रापले डढेको छ । ट्युबेलको पानी समेत सुकेको छ । पानीको सतह घटेपछि डिप ट्यूबेल तथा चापाकलमा पानी आउन छाडेको छ । ‘बाँच्ने आधार पानी पिउनेदेखि अन्न उत्पादनको लागि सिँचाइ पनि छैन । ब्याड खेतमै सुक्न थालेको छ।
सर्वसाधारणले पिउने पानीको समस्या टार्न ठाउँ ठाउँमा सार्वजनिक स्थलमा गाडिएको डिप ट्युबेलको पानी भर्न लाम लाग्नु परिरहेको छ । एउटै ट्युबेलमा आलोपालो पिउने पानी र सिँचाइका लागि खेतमा पानी लगाइरहेको छ । मधेस सरकारले प्रदेशका ८ जिल्लालाई सुक्खा तथा संकटकालीन क्षेत्र घोषणा गरिसकेको छ ।

Leave a comment