जग्गाको विवादमा महागढीमाई नगरपालिकाको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 184
पढ्न लाग्ने समय : 2 मिनेट

५ चैत्र, बारा: बाराको साविक महेशपुर गाउँ बिकास समितिको वडा नम्बर १ मा पर्ने जग्गाहरु महागढीमाई नगरपालिका वडा नम्बर १० मा कायम रहेको उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगंजले परमादेश जारी गरेको छ ।
ईजलास नम्बर ४ न्यायधीश द्धय हरि प्रसाद पौडेल र नेत्र प्रकाश अचार्यको संयुतm ईजलासले सो परादेश जारी गरेको छ । नेपालको राजपत्र खण्ड ६७ संख्या ७ मिति २०७४ साल जेष्ठ ११ गतेको संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको सुचना बमोजिम सावित महेशपुर गाबिस वडा नम्बर १ हाल महागढीमाई नगरपालिका वडा नम्बर १० मा पर्ने गरि पालिकाको संख्या थप हेरफेर र स्तरोनती गरि तिनीहरुको नाम संख्या सिमना तथा वडाको विभाजन गरि वडाको सिमना कायम गरेको देखिदा महागढीमामा नै कायम गर्ने अन्तरिम आदेश भएको उच्च अदालतले जनाएको छ ।
सावित महेशपुर गाबिसको वडा नम्बर १ मा पर्ने जग्गाहरुको हकमा कलैया उपमहानगरपालिकालाई जग्गाको सम्पति कर तथा सिफारिस समेत नगर्न उच्च अदालतको नियमावली २०७३ को नियम ४२ को ( १) बमोजिम मिति २०८१ साल चैत्र ५ गते अन्तरिम आदेश जारी भएको उच्च अदालत बिरंगजले जनाएको छ ।
महागढीमाई तर्फबाट अधिवक्ताहरु शिवबहादुर कोईराला, श्याम बिहारी प्रसाद, पंरमहंस केसरी, डाक्टर सुसिल कुमार साहले बहस गरेका थिए भने कलैया उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता  बिनोद साह, शिवनाथ प्रसाद यादवले गरेका थिए ।
सो जग्गाको दावी कलैया उपमहानगरपालिकाले गर्दै आएकोमा उच्च अदालतले भने महागढीमाई नगरपालिका वडा नम्बर १० मा सो जग्गा रहेको उच्च अदालतको अन्तरिम आदेश आएपछि आफु खुसी भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताए ।

Leave a comment