बारामा सशस्त्र प्रहरीद्वारा गाँजा सहित ट्रक पक्राउ, चालक भगाईए

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 214
पढ्न लाग्ने समय : 1 मिनेट

७ चैत्र, बारा : बारामा सशस्त्र प्रहरीले ठुलो मात्रामा लागुआौषध गाजा सहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बुधबार राती अन्दाजी ९:१५ बजेको समयमा सशस्त्र प्रहरी बिओपी बेनौली बाट सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुँवर ,क्षेत्रीको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले बाराको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगर बाट कोतवाली तर्फ जादै गरेको ना ८ ख ९०२७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

तर सशस्त्र प्रहरीले भने ट्रकका चालक र सहचालकलाई भने पैसा लिएर भगाएको स्रोतले दाबी गरेको छ ।

प्रहरीले ट्रकको सिटको बर्नर भित्र र ट्रकको हुड माथी लुकाई छिपाई राखिएको १०३ किलो लागु औषध गाजा सहित ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कर्वाही प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी गराए ।

Leave a comment