७ चैत्र,बारा: नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अब एक्लै चुनाव लडने बताएका छन ।
उनले माओवादी पार्टी अब कसैको सहयोग नलिने बताए ।
पूर्व–पश्चिम हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा बाराको कलैयामा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धन गर्दा एमाले/कांग्रेसलाई फाइदा भयो । माओवादीलाई घाटा भयो,’ उनले भने, ‘स्ववियुको चुनाव परिणामले आफ्नै खुट्टामा उभिन सन्देश दिएको छ । हामी एक्लैले जित्न सक्छौं ।’
स्ववियु निर्वाचनले माओवादीलाई एक्लै चुनाव लडन हौसला प्रदान गरेको प्रचण्डले बताए ।
प्रचण्ड सहितको नेताले अभियानको क्रममा जिल्लाका विभिन्न सहिद परिवारसित भेटघाट, व्यापारी, उद्योगी, व्यवसायी किसान, मजदुरसित अन्तरक्रिया र भेटघाट गरे ।
Leave a Reply