१३ चैत्र,बारा : नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलाई पितृ शोक परेको छ ।
अध्यक्ष सुवेदीका बुबा ज्ञान बहादुर सुवेदीको ९० वर्षको उमेरमा आह बिहान ९ः३० बजेको निधन भएको हो ।
उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ।
सुवेदीको आज दिउँसो कलैया बघवन पसाहा खोलामा अन्तिम दाहसंस्कार संस्कार गरिने परिवारले जनाएको छ।
सुवेदी श्वासप्रश्वास समस्याबाट पीडित भएर अस्पताल भर्ना भएका थिए ।
सुवेदीका दुई छोरा र दुई छोरी छन ।
Leave a Reply