५ चैत्र, बारा: बारा प्रहरीले झण्डै दुई करोड रुपैयाँ मुल्यको सूर्तीसहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको दुईवटा ट्रकबाट प्रहरीले तस्करीको आशंकामा १ करोड ९७ लाख ३६ हजार ३ सय ७६ रुपैयाँ मुल्य बराबरको सूती बरामद गरेको हो । प्रहरीले उक्त सुर्ती लोड गरिएको दुवै ट्रकपनि नियन्त्रणमा लिएको छ ।
आइतबार वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेका ना ६ ख ७६७ र ना ८ ख ९४ नम्बरको ट्रकमा लोड गरिएको सुर्ती प्रहरी चौकी पथलैयाबाट खटिएकोे प्रहरी टोलीले बरामद गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो ।
त्यसक्रममा ना ६ ख ७६७ नम्बरको ट्रकबाट १ करोड ३३ लाख ९९ हजार ८४८ रुपैयाँ मुल्यको ३ सय ५६ बोरा र ना ८ ख ९४ नम्बरको ट्रकबाट ६३ लाख ३६ हजार ५२८ रुपैयाँ मुल्यको ३२० बोरा सुर्ती बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिनु भयो । ट्रकमा लोड रहेको सुर्तीको बिलबिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सुर्तीसहित नियन्त्रणमा लिइएका दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिनुभयो ।