चट्याङका कारण बारामा पोल्ट्री फर्म र कृषि सामग्री जलेर नष्ट

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 38
पढ्न लाग्ने समय : 1 मिनेट

२८ चैत, बारा: बाराको बारागढी गाउँपालिका वडा नम्बर-४ सुखी टोलस्थित विश्वकर्मा पोल्ट्री फर्ममा गएराति परेको चट्याङका कारण भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

पोल्ट्री फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माका अनुसार चट्याङ लागेर बिद्युत् तार सर्ट भई आगलागी हुँदा फर्ममा रहेको संरचना, सामग्री र कुखुरा जलेर नष्ट भएका छन् । आगलागीबाट करिब बीस लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
चट्याङकै कारण करैयामाई गाउँपालिका वडा नम्बर-८ का अभिनाश कुश्वाहाको कृषि मिटर र छाप्रो जलेर दस हजारको क्षति भएको छ ।

Leave a comment