६ वैशाख, काठमाडौं । शिक्षकहरूले आज पनि आन्दोलन जारी राखेका छन् ।
विगत १८ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग शिक्षक महासंघका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
यद्यपि उनीहरू तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले आन्दोलनलाई आज पनि जारी राखेका हुन् ।
प्रधानमन्त्रीपछि सभामुखसँग मध्यरातसम्म शिक्षक नेताहरुको छलफल, रोकिएन आन्दोलन
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ ।
छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन प्रक्रियामार्फत् जतिसक्दो छिटो जारी गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।
त्यसका लागि आज प्रधानमन्त्री ओलीले शिक्षा समितिका सांसद, शिक्षा मन्त्री र सत्तारूढ दलसँग छलफल गरेर टुंगो लगाउने आश्वासन दिएका थिए ।





