बैतडी जन्ती बस दुर्घटनाः पुर्चौडी नगरपालिकामा शोक बिदा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बैतडी, २३ माघ २०८२ । बैतडीको पुर्चौडी नगरपालिकाले जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि शुक्रबार शोक बिदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरू एक दिन बन्द रहने जनाएको हो।

बिहीबार राति भएको उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न र शोक व्यक्त गर्न शोक बिदा दिने निर्णय गरेको हो।

२३ माघ २०८२ गते बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लिएर फर्किँदै गरेको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो। पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा पर्दा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनापछि सिंगो पुर्चौडी नगरपालिका शोकमा डुबेको छ। घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान थालेको जनाएको छ।

Leave a Comment