बसको ठक्करबाट बालिकाको मृत्यु

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 145
पढ्न लाग्ने समय : 1 मिनेट

बाराको सुवर्ण गाउँपालिकामा आज दिउँसो बसले किचिएर एकजना बालिकाको मृत्यु भएको छ। सुवर्ण गाउँपालिका-३ सतगंज सिमाना नजिक ना ३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदर्सा टोलका मुन्ना साहकी छोरी दुई बर्षीय अन्तिमा कुमारी साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो। सोही बसमा सवार बालिका बसबाट ओर्लिने क्रममा बसले किचिएर घाइते भई उपचारकालागी कलैया अस्पतालमा ल्याईएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी गराउनु भयो। बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाही अगाडि बढाईएको प्रहरीले जनाएको छ।