विवाह स्थल बन्दै गढीमाई मन्दिर

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

२९ जेठ,बारा : पछिल्लो समय बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर विवाह स्थलका रूपमा पहिलो छनोटमा पर्न थालेको छ ।गढीमाई मन्दिरमा कम समय र कम खर्चमा विवाह सम्पन्न गर्न सकिने भएकाले पनि नेपाललगायत भारतका कतिपय जोडीले यहीँ आएर विवाह गर्न थालेका छन् ।

मधेस प्रदेशका बारा, पर्सा, रौतहटलगायतका भारतका बिहार राज्यका रक्सौल, आदापुर, छौडादानो, मोतीहारी, बनकटवा, घोडासाहनलगायतका ठाउँबाट बेहुला र बेहुली विहेका लागि आउने गरेको मन्दिरका पुजारी मंगल चौधरीले बताए।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले मन्दिरमा विवाह गर्दा कम खर्च र समयमा सम्पन्न हुने भएकाले पनि स्थानीयको पहिलो छनोटमा मन्दिर परिसर पर्न थालेको बताए ।उनले भने, “यहाँ सबै वर्ग र जातिका मानिस आउन थालेका छन् ।” मूल पुजारी मंगल चौधरीले मन्दिरमा दैनिक चार÷पाँच वटा बिहे हुने गरेको बताए ।

यहाँ आएर विवाह गर्दा बेहुला पक्षबाट पाँच सय र बेहुली पक्षबाट तीन सय रुपियाँ आर्थिक सहयोगका रूपमा उठाउने गरेको गढीमाई विकास समितिले जनाएको छ । समितिका सदस्य हरेन्द्र साहले भने, “त्यति शुल्क तिरेपछि धर्मशाला, बिजुली, पानी र सुरक्षालगायतका सेवा उपलब्ध हुन्छन् ।”

त्यस्तै बिहे गराउने पुरोहितले भने एउटा बिहेका लागि एक हजारदेखि तीन हजार रुपियाँसम्म लिने गरेको शम्भु शुक्लाले बताए । साभारः गोरखापत्रअनलाइन

Leave a comment