काठमाडौं-२७ भदौ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन्। उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् ।
शुक्रबार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन्।
शसपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाइ पनि दिएका छन्।
‘तपाईंलाई धेरै धेरै बधाइ। तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बाचून्,’ राष्ट्रपति पौडेलले कार्कीलाई भने।
राष्ट्रपति पौडेलले कार्कीलाई शुक्रबारै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।
सबै मन्त्रालयको जिम्मेवारी पनि आफैं लिएकी छन् । मन्त्रिपरिषद् विस्तार भने शनिबार हुने संभावना छ ।
उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेका हुन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ
Leave a Comment
Leave a Comment


