काठमाडौं, फागुन २६ — प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ।
निर्वाचन आयोगले मंगलबार बिहान ७:२७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १ करोड २ लाख ९० हजार ५४६ मत गणना भइसकेको छ।
यस विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ।
यस्तै अन्य दलहरूले प्राप्त गरेको मत यसप्रकार छः
नेपाली कांग्रेस — १६ लाख ७३ हजार ९८३ मत
नेकपा (एमाले) — १३ लाख ८९ हजार ८२० मत
नेपाल कम्युनिस्ट पार्टी — ७ लाख ५२ हजार ९४६ मत
श्रम संस्कृति पार्टी — ३ लाख ४७ हजार ७८५ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी — ३ लाख २२ हजार ४७२ मत
त्यस्तै अन्य दलहरूको मत संख्या यस्तो रहेको छः
जनता समाजवादी पार्टी नेपाल — १ लाख ६९ हजार ४१६ मत
राष्ट्रिय परिवर्तन पार्टी — १ लाख ६५ हजार ३२ मत
जनमत पार्टी — ७५ हजार ४७१ मत
हालसम्मको मतपरिणामअनुसार रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड पार गरिसकेका छन्।
यसैबीच प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १२५ सिट जितेको छ।
अन्य दलहरूको सिट संख्या यसप्रकार रहेको छः
नेपाली कांग्रेस — १८ सिट
नेकपा (एमाले) — ९ सिट
नेपाल कम्युनिस्ट पार्टी — ८ सिट
श्रम संस्कृति पार्टी — ३ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी — १ सिट
समानुपातिकतर्फको मतगणना भने अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।


