२ श्रावण,सर्लाही : सर्लाहीमा एकजना नेपाल प्रहरीका सई निलम्बनमा परेका छन ।
तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन् ।
सई दासले तस्करसँग आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादव मार्फत तस्कर गरेको त्रिपक्षीय घुस लेनदेनको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई शुक्रबार निलम्बन गर्नका लागी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पठाएको हो ।
सर्लाहीका तस्कर राजिव यादवको तस्करी कार्यमा सघाउनको लागि सई दासले घुमुवा जवान यादव मार्फत १८ हजार रुपैयाँ माग गरेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले सई दासलाई निलम्बन सिफारिस गरिसकेको पुष्टि गर्दै शुक्रवार बिहान तस्कर र सई बिचको अडियो बाहिरिएपछि प्रमाण नष्ट हुन नदिन सई दासलाई नेपाल प्रहरी मधेस प्रदेश हुँदै प्रहरी प्रधान कार्यालयलाई निलम्बनको सिफारिस पठाएको र उनको ठाउँमा अर्को सई पठाउने तयारी भइरहेको बताए ।
यसैबिच मधेस प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी धिरज प्रताप सिंहले पर्सा जिल्लामा तस्कर सँग घुस लिएको आरोपमा सई दासलाई निलम्बन गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा सई दास घुमुवाको रुपमा कार्यरत थिए । सई दासले पर्सा जिल्लामा तस्करी गराउनको लागि तस्करसँग लेनदेन गरेको अडियो र भिडियो त्यति बेला बाहिरिएपछि मधेस प्रदेश कार्यालय जनकपुरले २०७७-८-५ गते पर्सा बाट उनी निलम्बन गरेकाे थियाे। दासकाे करिब एक वर्षपछि उनकाे पाँच वर्ष बढुवा रोक्का गरि पुनः कार्यवाही फुकुवा २०७८-१-२८ गते भएर जागिर जोडेका थिए।
सर्लाहीको अधिकांश युनिट मध्ये ख श्रेणीमा रहेका इप्रका हिरापुर सङ नेपाल भारत सिमाको अधिकांश भाग जोडिएको छ । जिल्लाका अधिकांश युनिट इन्चार्जको अवधि छ महिना रहने गरेकोमा सई दास करिब ८ महिनादेखि हिरापुरमा अडा जमाएर बसेका थिए ।



Leave a Reply