बारामा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

३श्राव,बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ जानकीटोल स्थित एक घरमा जुवा तास खेलिरहेको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका १ का ३० वर्षीय सुशान्त खाती सुनार,वडा नम्बर २ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय श्रीवास्तव, ४१ वर्षीय घरधनी केशव सुनुवार, ५२ वर्षीय थलबहादुर विश्वकर्मा, ५४ वर्षीय शिवकुमार साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलरामकुमार क्षेत्री रहेका छन् ।

उनीहरूबाट क्रमशः ३३ हजार, २३ हजार २ सय, चार सय ५०, १९ हजार ७ सय ३५,छ हजार ९५, १० हजार २ सय ५०, २० हजार ६ सय,आठ हजार ५ सय ५० र ३२ हजार ८ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a comment