जनकपुरधाम-८ असोज ।
नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका नेता एवं कांग्रेसको प्रदेश सभापति कृष्णप्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।

यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ ।
तर मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् । जेनजी आन्दोलनको समयमा फेसबुक मार्फत मुख्यमन्त्री सिंहले राजीनामा दिएपनि त्यसबाट पन्छिदै आएका छन । उनी विश्वासको मत लिने तयारीमा छन् । कांग्रेसको बहिरगमनसँगै मुख्यमन्त्रीले आवश्यक संख्यामा विश्वासको मत पाउने अवस्था देखिँदैन । त्यसपछि पुनः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
अव मधेश प्रदेश सरकारमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मात्रै सरकारमा छन् । कांग्रेस, जनमत, नेकपा एकीकृत समाजवादी पार्टी, जनता सामाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति प्रतिपक्षमा भएको छ ।
मधेस सरकारबाट बाहिरीने कांग्रेसको निर्णय
Leave a Comment
Leave a Comment

