मुसहर्वाबाट सुरक्षाकर्मीकै मिलोमतोमा कपडा तस्करी

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

११श्रावण,बारा: बाराको मुसहर्वा नाकाबाट सुरक्षाकर्मीकै मिलोमतोमा कपडाको तस्करीहुने गरेको पुष्टि भएको छ ।
गएराति सशस्त्र प्रहरीले करिब १० लाख मुल्य बराबरको ई-रिक्सामा लोड गरिएको तस्करीको कपडा बरामद गरेपछि तस्करीमा सुरक्षाकर्मीको मिलोमतोको पुष्टि भएको हो ।
राति करिब साढे १२ बजे सशस्त्र प्रहरी मुख्यालय सहितको टोलीले ई-रिक्सामा लोड गरिएको कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले प्र.२-०३-००१ स .४२६९ नम्बरको ई-रिक्सामा भारतबाट ल्याईएको कपडा बरामद गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

प्रहरीको टोलीले बिश्रामपुर गाउँपालिका नजिकैबाट कपडा नियन्त्रणमा लिएको हो ।
तस्करको टोलीले मुसहर्वा मुख्य् सडकमा डीउटीमा खटिएको सशस्त्र र नेपाल प्रहरीको टोलीलाई डीउटी खर्च दिएर उनीहरुकै अगाडिबाट कपडा तस्करीगरी ल्याएको प्रहरी स्रोतले दाबी गरेको छ ।
प्रहरी चौकी मुसहर्वाबाट घुमुवाको रुपमा परिचालन भएका प्रहरी हवलदार रमेश पटेलले ती कपडा तस्करी गराएको ती स्रोतले दाबी गरेको छ ।
प्रहरी हवल्दार पटेलले आफै खटेर कपडा तस्करी गराउने गरेको स्रोतको दाबी रहेको छ ।
प्रहरी उपरीक्षक सन्तोष तामाङले तस्करी र प्रहरी हवल्दार पटेलका बारेमा अनुसन्धान भईरहेको बताए ।

Leave a Comment