नेकपा (एमाले) पार्टी कार्यालयमा जेनजीद्वारा तोडफोड तथा आगजनी, ४० वटा कुर्सी र मोटरसाइकलमा क्षति

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

नेकपा (एमाले) पार्टी कार्यालयमा जेनजीद्वारा तोडफोड तथा आगजनी, ४० वटा कुर्सी र मोटरसाइकलमा क्षत

जेनजी आन्दोलनमा संलग्न युवाहरूले नेकपा (एमाले) पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्। सोमबार राति भएको उक्त घटनामा कार्यालयभित्र रहेका करिब ४० वटा कुर्सी, कागजातसहितका सामग्रीहरूमा क्षति पुगेको छ भने कार्यालय परिसरमा पार्किङ गरिएको मोटरसाइकलमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिन स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले प्रयास गरे पनि कार्यालयका कोठाहरूमा रहेका सामग्रीहरूमा ठूलो क्षति पुगेको छ।

 

 

Leave a Comment