घुससहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार साह दोषी ठहर

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 52
पढ्न लाग्ने समय : 1 मिनेट

२७ माघ २०८० कलैया।- घुस रकमसहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार राम विश्वास साह दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई घुस रिसवत मुद्दामा दोषी ठहर गरेको हो।

शुक्रबार मुद्दाको सुनुवा गर्दै अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले साहलाई दोषी ठहर गरेको हो। उनलाई साढे सात हजार जरिवाना र १५ दिन कैद सजाय तोकिएको छ।

०७९ साल चैत २९ गते साहलाई १५ हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो।

जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको अनुसन्धानबाट देखिएपछि अख्तियारले गत जेठ २९ गते विशेष अदालतमा उनीविरुद्ध कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको थियो।