बारा-२८ भदौ ।
जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नै सरकार ढालेर मुख्यमन्त्री सतिश कुमार सिंहलाई फिर्ता बोलाएको हो ।
शनिबार जनमत पार्टी संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता तथा मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेको छ ।
जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्री र मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको निवेदन पठाएको हो। मधेस प्रदेशमा हालः जनमतबाट मुख्यमन्त्री र दुई जना मन्त्री सरकारमा थिए।
जनमतको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरू फिर्ता बोलाउन पत्र लेखेको हो।
मंगलबार जेनजीको आन्दोलन भइरहेको समय फेसबुकमा राजीनामा दिएको भनेपनि अहिले आएर नदिने भनेका थिए।
फेसबुकबाट राजिनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले परिस्थितिले गर्दा दिएको र आफू नै अहिले मुख्यमन्त्री रहेको भनेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि आफनो पार्टीको साख गुमने भएकाले जनमत पार्टीले समर्थन सहित मुख्यमन्त्री र आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको राजनीतिक बिशलेषकहरूको आंकलन रहेको छ ।
जनमतबाट मुख्यमन्त्रीम सतिषकुमार सिंह, वन तथा वातावरण मन्त्री संजय यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा मन्त्री छ्न्।


