सरकार–मिटरब्याज पीडित सम्झौताविरुद्ध जनकपुरमा साहु–महाजनको प्रदर्शन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम, साउन ५ — मिटरब्याज पीडितसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै साहु–महाजनहरू मंगलबार जनकपुरधाममा विरोध प्रदर्शनमा उत्रिएका छन्।
पीडित लेनदेन संघर्ष समितिको ब्यानरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकार र मिटरब्याज पीडितबीच भएको सम्झौता तत्काल खारेज गर्न माग गरेका हुन्। उनीहरूले ‘९ बुँदे सम्झौता खारेज गर’ र ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी साहु–महाजनका प्रतिनिधि राजकिशोर साहले सरकारले ऋणदाता पक्षसँग कुनै छलफल नगरी एकतर्फी रूपमा सम्झौता गरेको आरोप लगाए। उनले कानुनी प्रक्रिया र ऋणदाताको अधिकारलाई बेवास्ता गरिएको भन्दै उक्त सम्झौताले आफूहरूलाई थप अन्यायमा पारेको दाबी गरे।
सरकारले हालै मिटरब्याज पीडितसँग ९ बुँदे सहमति गर्दै आन्दोलन स्थगित गराएको थियो। तर, सोही सहमतिको विरोधमा ऋणदाता पक्ष सडकमा उत्रिएपछि मिटरब्याज विवादले नयाँ मोड लिएको छ।

Leave a Comment